११ कार्तिक २०७८, बिहीवार

लमजुङमा महिला मृत फेला, हत्याको आशंका

२०७५,भाद्र,१४,बिहीवार १४:५३

0
Shares

लमजुङ । मध्यनेपाल नगरपालिका– १ जितामा आज एक महिला मृत अवस्थामा फेला परेको छ । 

साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा उहाँ मृत अवस्थामा फेला परेको हो । घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ । 

घरमा एक्लै बस्दै आएकी घिमिरेलाई खोज्दै जाँदा शरीरमा चोट र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

घिमिरेको टाउको, नाक, मुख र घाँटीमा गम्भीर चोट देखिएको छ भने एउटा हात र आँैला पनि भाँचिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सन्तान नभएकी घिमिरे अमेरिकामा रहेका आफ्ना श्रीमानसँग अंशबण्डा गरी छुट्टिएर एक्लै बस्दै आएका थिए ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट कर्तव्य भएको यकिन गर्न सकिने घटनास्थल पुग्नुभएका लमजुङका प्रहरी प्रमुख यादव ढकालले बताउनुभयो । प्रहरीले पोखराबाट कुकुर ल्याएर घटनास्थल र घटनाबारे थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिए ।

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९