‘इन्टु मिन्टु लण्डनमा’ मोफसल प्रचारमा जाने

काठमाडौं । आउँदो असोज ५ गतेबाट प्रदर्शन हुने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले मोफसल टुर गर्ने भएको छ । केही दिनअघि ट्रेलर सार्वजनिक गरेको फिल्म युनिटले एक तालिका सार्वजनिक गर्दै मोफसल टुरबारे जानकारी दिएको हो ।

मोफसलका मुख्य शहर झापाको विर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, पोखरा, चितवन, बुटवल र नेपालगञ्ज जाने भएको छ । फिल्मलाई रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् भने फिल्मका डेब्यु अभिनेता धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी छ ।

चलचित्रमा सारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवि राणा लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

चलचित्रका गीत तथा ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।

यस्तो छ तालिकाः


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?