१ कार्तिक २०७८, सोमवार

कञ्चनपुरमा कर्फ्यू हटाइयो

२०७५,भाद्र,१४,बिहीवार १४:३१


कञ्चनपुर । एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो । 

गत शुक्रबारदेखि दिउँसो र राति गरी कफ्र्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कफ्र्यूलाई खुकुलो पार्दै आएको थियो । 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कफ्र्यू पूर्णरुपमा हटाइएको जानकारी दिनुभयो । तेह्र वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो । 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार १४:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – तपाईलाई थाहा छ ? सार्वजनिक सवारीमा लुटपाट गर्नेहरुले प्रहरीको जस्तै ‘कोड’ भाषामा कुरा गर्छन् । अरु मानिसहरुले आफ्नो

काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा

सोमबार एकाबिहानै संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स रुपमा भएको हत्या घटनाले सबै मानिसको ध्यान खिच्यो । यसरी आएको थियो

दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन

ताजा समाचार

वर्षाले कृषि बालीलाई राहत
 २०७८,कार्तिक,१,सोमवार १०:४७
बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८