हेर्नुहाेस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आईतबारका लागि एक अमेरिकी डलरको खरिददर १२६ दशमलब १८ पैसा र बिक्रीदर १२६ दशमलब ७८ पैसा तोकेको छ ।

पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यसैगरी युरो १ को खरिददर १३१ दशमलब ९० पैसा र बिक्रीदर १३२ दशमलब ५२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ दशमलब ७६ पैसा र बिक्रीदर ८६ दशमलब १७ पैसा रहेको छ ।

जापानी येन १० को ९ दशमलब ३२ पैसा रहेको छ । बिक्रीदर ९ दशमलब ३७ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८ दशमलब ८३ पैसा बिक्रीदर १८ दशमलब ९२ पैसा रहेको छ ।

कतार रियाल १ को ३४ दशमलब ४६ पैसा रहेको छ । बिक्रीदर  ३४ दशमलब ६२ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३ दशमलब ६३ र बिक्रीदर ३३ दशमलब ७९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?