भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न भारत सदैव तयार रहेको बताएका छन् ।
बिमस्टेक सम्मेलनमा पहिलोपल्ट सहभागिता जनाएका मोदीले सबै सदस्य राष्ट्र कृषिप्रधान तथा विकासोन्मुख देश रहेको र जलवायु परिवर्तनको असरबाट जुधिरहेकाले भारतले स्मार्ट कृषिको बारेमा निकट सम्मेलन गर्ने पनि बताए ।
उनले सडक, रेल, जल तथा सबैभन्दा महत्वपूर्ण जनता–जनताबीचको सम्पर्क आवश्यक रहेको बताए ।
सम्बोधनका क्रममा बौद्ध धर्मको चर्चा गर्दै मोदीले आगामि अगस्त २४ मा हुने बौद्ध सम्मेलनमा सबै विमस्टेक सदस्यलाई सहभागीताको आह्वान गरे ।
उनले कानुनी संयन्त्रको विकास गर्न आवश्यक रहेको औँल्यादै सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।
उनले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन,शान्ति र समृद्धिको लागि सदस्य देशहरूबीच व्यापार, यातायात, जनता जनताबीच र डिजिटल कनेक्टिभिटी बनाउन विशेष जोड दिए ।
बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्र उकास्ने, आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने लगायतका प्रस्तावबारे बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया