८ कार्तिक २०७८, सोमवार

एशियाड : १३ औँ स्थानको सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित

२०७५,भाद्र,१४,बिहीवार ११:५५


जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष भलिबलमा पराजित भएको छ ।

बिहीवार भएको पुरुष भलिबलको १३ औँ स्थानको लागि भएको सेमिफाइनल खेलमा नेपाली टोली श्रीलंकासँग ३-१ ले पराजित भएको हो । 

पहिलो सेटमा जीत हात पारेपनि त्यसपछिका बाँकी सेटमा भने नेपालले हार बेहोरेको थियो । पहिलो सेट २५-२३ ले नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा पुनारागमन गर्दै श्रीलंकाले २५-१६ ले सहजै जित्यो।

श्रीलंकाले तेस्रो सेट टाइब्रेकरमा २६-२४ ले तथा चौँथो सेट श्रीलंकाले २५-२१ ले जितेको थियो । 

श्रीलंकासँग पराजित भएपछि नेपालले अब १५ औँ स्थानको लागि भियतनाम र कीर्गिस्तानबीचको खेलको पराजित टोलीसँग खेल्नेछ। १३ औँ स्थानको लागि भएको क्वाटरफाइनलमा भने नेपालले मंगोलियालाई पराजित गर्दै ‘एशियाड’मा पहिलो जित हात पारेको थियो।

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार ११:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले आज आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी

काठमाडौं । गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा

काठमाडौं । एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित हात पारेको छ । आइतबार राति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६