गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेकाे कमल थापाकाे आराेप

लोकपथ
21
Shares

काठमाडैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

थापाले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको उल्लेख गर्दै पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने कामले अस्थिरताको सिर्जना भएको बताए ।

यस किसिमका विकृति र विसंगतिलाई हटाउनकाे लागि पनि नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाकाे मागसमेत थापाले गरेका थिए । अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने उनकाे तर्क थियाे ।

सरकारले स्थायित्वको अनुभुति दिन नसकेकाे, राजनीतिक दलहरुमै रातदिन झगडा पर्ने गरेकाे , पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्नाले अस्थिरताको सिर्जना भएकाे लगाएतका आराेप थापाले सरकारलाई लगाएका छन् ।

मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत नहुने भन्दै थापाले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने र प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?