कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

लोकपथ
154
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कमरेड शब्द आफूलाई असाध्यै मनपर्ने र कमरेड भन्नुमा  कुनै आपत्ति गर्नु नपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिट ब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले कमरेड भन्नुमा आपत्ति गर्नु नपर्ने बताएका हुन् ।

थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने र कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिनेसमेत बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्दै देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुनपनि आग्रह गरे ।

थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?