काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् ।
शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोईराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् ।
बडूलेअरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोईराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जी.पी. कोईराला विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताए ।
कार्यक्रममा मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने उल्लेख गरेका थिए । कोईराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गर्दै मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्वविद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना गरेको र बहु विश्वविद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा परिणाममा देखाइ रहेको बताए ।
अब एउटा जीपी कोईराला विश्वविद्यालयको स्थापना आवश्यक रहेकाे बताउँदै मन्त्री बडूले जीपी कोईराला एउटा मान्यता हो, एउटा आदर्श, मूल्य, मान्यताको प्रतिक पनि भएकाले गिरिजाप्रसाद कोईरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक रहेकाे उल्लेख गरे ।
मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र एउटा उद्देश्य राखेर जी.पी. कोईराला विश्वविद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धतासमेत जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया