काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्सटेक)को चौथो सम्मेलन शुरु भएको छ ।
बिम्सटेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गरेका हुन् ।
सम्मेलनमा सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ सहभागि छन् ।
सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन शुक्रबार समापन हुनेछ ।
सम्मेलनमा वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले भने २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया