बिम्सटेक सम्मेलन : यस्तो छ भीभीआईपीको दुई दिने ‘सेड्युल’

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं आइसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिहीबार बिहान नेपाल आइपुगेका छन् भने श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार काठमाडौं आइपुगेका थिए । त्यस्तै म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं आइसकेका थिए ।

बिहीबार मध्यान्ह बिम्सटेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सामूहिक शिष्टाचार भेटवार्ता गरेकी छन् । 

त्यसपछि राष्ट्रपतिले अतिथिहरूको स्वागतमा आयोजना गरेको दिवाभोज शुरु हुनेछ ।

बिहीबार दिउँसो करिब तीन बजे होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने र २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भारतराज पौडेलले जानकारी दिए । 

ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भ्टान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले करिब १५–१५ मिनेट सम्बोधन गर्नेछन् । 

त्यस्तै साँझ ६ बजे सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिने छ । त्यसपछि ६ वटै राष्ट्र प्रमुख र सरकार प्रमुखहरु प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने छन् । 

भोलि (शुक्रबार) बिहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गरेका छन् । त्यसपछि शुक्रबार बिहान ११ः३० बजेबाट बिम्सटेकको दोस्रो दिनको सम्मेलन शुरु हुनेछ । ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भ्टान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले करिब १५–१५ मिनेट सम्बोधन गर्नेछन् ।  त्यस्तै साँझ ६ बजे सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिने छ । त्यसपछि ६ वटै राष्ट्र प्रमुख र सरकार प्रमुखहरु प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने छन् । 

रिट्रिटको कार्यक्रम र केही दस्तावेजमा हस्ताक्षरको कार्यक्रम रहेको छ । सम्मेलनअघि शीर्ष नेताहरुबीच अनौपचारिक भेटघाट समेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्रजारी हुनेछ । यसदिन सम्मेलन सम्पन्न हुनेछ । 

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओली बिचदुई पक्षीय वार्ता हुने भएको छ । भ्रमणका क्रममा मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले पशुपति क्षेत्रमा संयुक्त रुपमा धर्मशालाको उदघाटन गर्ने कार्यक्रम तय भएको छ । यसका साथै नेपाल–भारत रेलमार्ग एवं ‘बल्ककार्गो’का विषयमा पनि छलफल र समझादारी गर्ने गृहकार्य दुई देशका अधिकारीहरुले गरिरहेका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनले ‘शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ’ भन्ने मुलनारा रहेको सम्मेलनमा बिम्सटेक क्षेत्रमा प्रतिआतंकवादका साझा रणनीति तय गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । 

सम्मेलनमा स्वतन्त्र व्यापार, बिम्सटेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार सांगठनिक अपराध र अवैध ओसारपसार सम्बन्धी बिम्सटेक सन्धि ४ भदौमा प्रतिनिधिसभाबाट अनुमोदन भइसकेको छ ।

सम्मेलनमा स्वतन्त्र व्यापार, बिम्सटेक वडापत्र निर्माण, संयुक्त लगानी कोष, भन्सार सहजतासम्बन्धी सम्झौता, मोटरगाडी तथा परिवहन, स्थल तथा जलमार्ग कनेक्टिभिटी जस्ता एजेण्डामा छलफल हुनेछन् ।

बिम्सटेक राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारण लाइनको सञ्जाल निर्माण गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ । बिम्सटेकका ७ राष्ट्रबीच ग्रीड कनेक्टिभिटी (इन्टरकनेक्सन) बारे समझदारी हुने लगभग तय भइसकेको छ ।

यसैबीच बिम्सटेक सदस्य राष्ट्रहरुबीच विद्युतप्रशारण लाइनसम्बन्धी सहमतिकालागि मस्यौदामा प्रारम्भिक सहमतिभएको छ । मंगलबार बसेको सचिवस्तरीय समितिले विद्युत प्रशारण लाइनसम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गरेको हो ।

यसैबीच बिम्सटेक सदस्य राष्ट्रहरुबीच विद्युतप्रशारण लाइनसम्बन्धी सहमतिकालागि मस्यौदामा प्रारम्भिक सहमतिभएको छ । मंगलबार बसेको सचिवस्तरीय समितिले विद्युत प्रशारण लाइनसम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गरेको हो ।

त्यस्तै बुधबार बसेको बिमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले विद्युत प्रसारण लाइन (ग्रीड इन्टरकनेक्सन्स) को एमओयुलाई अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रीस्तरीय बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवे, प्राकृतिक प्रकोप, भोकमरी, जलवायु परिवर्तन लगायतका विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेकोमा बताएका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?