काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतापश्चात् ग्राहकले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।