एनआईसी एसियाको मोबाइल बैंकिङ एप, आइसर्भ र इन्टरनेट बैंकिङ नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने

लोकपथ
26
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धनगर्नका लागि आफ्नो मोबाइल बैंकिङ एप iServe, Website/Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी NTC नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यस सुविधामार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी NIC ASIA MoBank एप, ष्क्भचखभ, ध्भदकष्तभ तथा क्ष्लतभचलभत द्यबलपष्लन सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । साथै बैंकले यसअघि NCELL को नेटवर्कमा पनि iServe, Website तथा Internet Banking जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

अब NTC र NCELLको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहक महानुभावहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नुहुनेछ :


बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank, iServe, Website तथा Internet Banking प्रयोग सुविधा NTC र Ncell का ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?