अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सहकार्य गर्ने सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड ज्यापु समाज यलबीच बीमा जागरण र शिक्षा सञ्चालन गर्ने समझदारी बनेको छ।

समझदारीपत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका छन्।

यो समझदारीसँगै अजोडले ज्यापु समाज यल र त्यस संस्थासँग आबद्ध उद्योगीव्यवसायी सदस्यहरुको निर्जीवन बीमासम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ।

हस्ताक्षर कार्यक्रममा अजोडका कर्मचारीहरु र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?