एशियाड : ‘साग’की स्वर्ण पदकधारी फुपुल्हामु बाहिरिन्

एशियाड । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत जुडोमा नेपालले खराब प्रर्दशन जारी छ । 

राजधानी जाकार्तास्थित जेसीसी प्लेनरी हलमा बिहीवार सम्पन्न भएको महिला ६३ केजी तौल समूहको खेलमा नेपालकी फुपल्हामु खत्री इन्डोनेशियाकी एड्रेलिया युलि फ्रादिभ्तासँग पराजित हुँदै प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएकी छिन् ।

राउण्ड अफ-१६ को खेलमा उनली १-० अंले पराजित भइन् । 

खेलको ३० सेकेन्डमा इन्डोनेशियाकी युलीले वाजारी अंक प्राप्त गरेकी थिइन् । तर, फूपूल्हामु भने अंक जोड्न असफल रहिन् । १२ औँ दक्षिण एशियाली खेलकुद ‘साग’की स्वर्ण पदक विजेता खत्रीले जारी ‘एशियाड’ भने पदक जित्न भने असफल भइन् । 

स्वर्ण पदकधारी खत्रीले ‘एशियाड’को तयारीका लागि जापानमा प्रशिक्षण लिएकी थिइन् । 

यता, बिहीवार नै भएको महिला ५७ केजी मुनीको तौल समूहमा नेपालकी मनिता श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छिन् ।  अन्तिम ३२ को खेलमा उनी भियतनामकी थि बिच गुएनसँग इपोनको आधारमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । 

त्यस्तै, पुरुष ७३ केजी मुनीको तौल समूहमा नेपालका संजित डंगोल साउदी अरबियाका सुलेमान फहाद हमानसँग इपोनकै आधारमा पराजित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?