ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहममा

लोकपथ
169
Shares

काठमाडौं । ब्राजिलियन फरवार्ड रिचार्लिसनलाई इंग्लिस क्लब टोटनहमले अनुबन्ध गरेको छ ।

इभर्टनका २५ वर्षीय रिचार्लिसन पाँच वर्षे सम्झौतामा टोटनहम भित्रिएका हुन् । रिचार्लिसन ६० मिलियन पाउन्डमा लन्डन क्लबमा भित्रिएका हुन् ।

सन् २०१८ मा एभर्टन अनुबन्धित भएका रिचार्लिसनले त्यसयता १५२ खेलमा ५३ गोल गरेका थिए । उनले गएको सिजन प्रिमियर लिगमा एभर्टनबाट १० गोल गरेका गरे ।

ब्राजिलको राष्ट्रिय टिमबाट ३६ क्याप जितेका रिचार्लिसनले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । ब्राजिलले सन् २०१९ को कोपा र २०२० को ओलम्पिकमा स्वर्ण पदक जित्दा रिचार्लिसन टिमका महत्वपूर्ण सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?