१ कार्तिक २०७८, सोमवार

युएस ओपन टेनिस: बेलायती मर्रे दोस्रो चरणबाटै बाहिरिए

२०७५,भाद्र,१४,बिहीवार ०६:५८


अमेरिका । बेलायती एन्डी मर्रे जारी युएस ओपन टेनिस च्याम्पियनसिपको दोस्रो चरणबाटै बाहिरिएका छन् । 

न्युयोर्कस्थित फ्लुसिङ मेडसमा बुधवारराति सम्पन्न भएको पुरुष एकलतर्फको दोस्रो चरणको खेलमा बेलायती मर्रे स्पेनी फर्नान्डो भडास्कोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् । मर्रे भडास्कोसँग ३-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित भए ।

खेलको पहिलो सेट ७-५ ले जितेका भडास्को दोस्रो सेटमा भने मर्रेसँग ६-२ ले पराजित भए ।

त्यस्तै, दोस्रो सेट ६-४ र ६-४ ले जित्र्दै भडास्कोले अघिल्लो चरणको यात्रा तय गर्न सफल भए । सल्यक्रिया पश्चात पहिलो पटक ग्राण्डस्लाममा सहभागी भएका मर्रेले जारी युएस ओपन टेनिसमा दोस्रो चरण भन्दा माथि जान भने असफल भएका छन् ।

गत जनवरीमा हिपको शल्यक्रिया गरेका मर्रेले खेलेको यो पाँचौ च्याम्पियनसिप हो । 

त्यस्तै, बुधवारराति नै भएको अर्को खेलमा स्विट्जरल्याण्डका रोजर फेडेररले जापानका योस्हीहितो निसीयोकालाई ६-२, ६-२ र ६-४ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे ।

यता, अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोले अमेरिकी डेनिस कुड्लालाई तथा स्पेनी राफेल नाडालले क्यानडाका भासेक पोस्पीसिललाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् । 
 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार ०६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले

काठमाडौं । युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन् ।ओमानको अल अमारतमा आज पहिलो

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनलाई

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ गोल

ताजा समाचार

बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७
प्रजिअसहित सह र उपसचिवको सरुवा
 २०७८,कार्तिक,१,सोमवार ०८:३४
वर्षाले पाकेको धान बाली नष्ट
 २०७८,कार्तिक,१,सोमवार ०८:२४