बिम्सटेकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले भेटे राष्ट्रपति भण्डारीलाई

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै मुलुकका विशिष्ट भीभीआईपीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका गरेका छन् । 

राष्ट्रिपति विद्यादेवी भण्डारीलाई भेटन ६ वटै मुलुकका विशिष्ट भीभीआईपीहरु राष्ट्रपति भवन शीतल निवास प्रवेश गरेका थिए ।  

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए ।  

आजै शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले उनीहरुको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सो कार्यक्रममा सहभागी हुनेछन् ।  

बिम्सटेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?