प्रचण्डको भारत भ्रमण स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’को भोलि हुने भनिएको भारत भ्रमण स्थगित भएको छ । 

बिहीबारबाट शुरु हुने बिम्सटेकको कारण देखाउँदै प्रचण्डले भारत भ्रमण स्थगित गरेका हुन् । प्रचण्डले शुक्रबार भारत भ्रमणमा जाने कार्यक्रम थियो ।

हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष निमन्त्रणा थियो । सोही कार्यक्रमको लागि प्रचण्ड शुक्रबार भारत जाने कार्यक्रम थियो । तर, काठमाडौंमा आजदेखि शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्रका प्रमुख नेपाल आएको हुँदा प्रचण्डले भारत जाने कार्यक्रम स्थगित गरेको उनी निकट एक नेताले बताए ।

प्रचण्ड भदौ २२ देखि २७ सम्म भारतको राजनीतिक भ्रमणमा जाने कार्यक्रम छ । 

त्यसलगत्तै उनी साता व्यापी भ्रमणका लागि असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको जनाइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?