एशिया कप छनोट: नेपाललाई पहिलो झड्का, ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोटको खेलमा नेपालले २ सय ५५ रनको विजयी लक्ष्य लिएर अहिले मैदानमा ब्याटिङ गरिरहेको छ । 

नेपालले शुरुवाती समयमा नै पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल क्याच आउट हुँदै पेभेलियनमा फर्किएका छन् ।

उनलाई  युएईका बलर मोहम्मद नाभेदको बलमा अब्दुल साकोरले क्याच आउट गरे । मल्ल मात्र ४ रन बनाएर आउट भए । 

यस अघि टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको युएर्इले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रनको योगफल तयार पारेको थियो ।

 युएर्इका लागि चिराग शुरीले ९१ बलमा सर्वाधिक ६५ रन जोडे । उनलार्इ ३७ दशलमब ४ ओभरमा दिपेन्द्रसिंह एेरीले पेभेलियन पठाए । 

नेपालका सागर पुनले यसै खेल मार्फत एक दिवसिय खेल ‘ओडीआई’मा डेब्यु गरेका छन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । त्यस्तै, बसन्त रेग्मीले २ र सोमपाल कामीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?