शुक्रबार सेयर बजारमा सामान्य गिरावट

लोकपथ
13
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । दुई घण्टा कारोबार हुँदा नेप्से परिसूचक ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा ओर्लिएको छ ।

नेप्सेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यसदिन ३.१७ अंकले घटेर ३८८.६२ बिन्दुमा पुगेको छ।

आज २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर कुल १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँमा खरिद बिक्री भएको छ। आज फाइनान्स, लघुवित्त र ट्रेडिङ समूह बाहेकका सबै १० उप-समूह ओरालो लागेका छन्।

आज सबै भन्दा धेरै सिवाईसि नेपाल र आधिँखोला लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?