कलंकी अण्डरपास पुनः सञ्चालनमा

काठमाडौं । कलंकी अण्डरपास पुनः सञ्चालनमा आएको छ । 

बुधबार साँझदेखि चक्रपथ विस्तार आयोजनाले पुनः सञ्चालनमा ल्याएको हो । 

भदौ १ गतेबाट सञ्चालनमा ल्याएको कलंकी अण्डरपास सरसफाइको लागि भन्दै चक्रपथ विस्तार आयोजनाले भदौ ६ गतेदेखि एक हप्ताको बन्द गरेको थियो ।  

आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले दोस्रो चरणको कालोपत्रे गर्न बाँकी रहेकाले त्यो काम भएपछि मात्रै अण्डरपासमा पुरै खुल्ने बताइएको थियो । पूर्ण रुपमा काम नसकिएकाले केही समय बन्द गर्दै काम गर्ने चिनियाँ पक्षको योजना रहेको उनले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?