सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ नगरसिटी अस्पताल भैरहवाबीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवाका विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा पाँच प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालकातर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?