काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा काठमाडौं आइपुगेका छन् ।
आजदेखि शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुने थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा बिम्सटेका अन्तिम पाहुना हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले समेत स्वागत गरेका थिए ।
बिम्सटेकको चौथो शिखर सम्मेलन बिहीबार अपराह्न १ बजेबाट विशेष समारोहकाबीच राजधानीमा सुरु हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया