राष्ट्रियसभाबाट ३ विधेयक पारित

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रियसभाले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेश गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

त्यस्तै मन्त्री खापुङले नै पेश गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आगामी बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?