सार्वजनिक भयो इन्दिराको ‘पछ्यौरी’ (भिडियो)

लोकपथ
260
Shares

काठमाडौं । गायिका इन्दिरा जोशीको ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको छ ।

बिहीबार एक कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । लोक र पप शैलीमा रहेको यो गीतमा इन्दिराकै शब्द तथा संगीत रहेको छ।

प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडियोमा इन्दिरा र निराजन प्रधानको नृत्य रहेको छ । हरि हुमागाईंले छायांकन गरेको गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्।

गायिका इन्दिराले पहिलेको जस्तै दर्शकको माया पाउने विश्वास व्यक्त गरेकी छन् भने निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुशी लागेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?