एसिया कप : नेपालले लियो युएर्इको पाँचाैं विकेट

काठमाडाैं : एसिया कप छनोटअन्तगर्त अहिले भर्इरहेको खेलमा नेपालले युएर्इको पाँचाैं विकेट झारिदिएको छ । 

पछिल्लो पटक १४ बलमा १३ रन बनाउँदै मोहम्मद उस्मान पेभेलियन फर्किएका छन् । उनलार्इ नेपालका बलर सोमपाल कामीले क्याचअाउट गरार्इदिएका हुन् । 

१२ अाैं अोभरसम्म निकै अाक्रामक ब्याटिङ गरिरहेको युएर्इलार्इ नेपालका बलरद्वय बसन्त रेग्मी र सन्दीप लामिछानेले स्तब्ध बनार्इदिएका थिए। 

नेपाली बलरसामु क्रिजमा टिकेर आक्रामक ब्याटिङ गरिरहेका रोहन मुस्ताफा १३.१ ओभरमा आउट भए । उनलार्इ सन्दीप लामिछानेले पारस खड्काको क्याचमा पेभेलियन फर्काएका हुन् । 

यस्तै, बसन्त रेग्मीले अस्फाक अहमदलार्इ १२.१ ओभरमा लेग विफोर विकेट (एलबीडब्ल्यु) धरापमा फसार्इदिए । अहमदले ४१ बलमा ४५ रन जोडिसकेका थिए । 

२५ ओभरको खेल सकिँदा युएर्इले ५ विकेटको क्षतिमा १ सय ७८ रन जोडेको छ ।

युएर्इको ब्याटिङ निकै राम्रो चलिरहेकाले नेपालले पनि दोस्रो र्इनिङमा अाक्रामक ब्याटिङ गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?