अाज पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने

काठमाडाैं : मनसुनी वायुको अस्थायी न्यूनचापीय प्रभावका कारण नेपालको पश्चिमी भागमा अाज (बिहिबार) दिउँसो र राती ठूलो पानी पर्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

महाशाखाका अनुसार मंगलबार र बुधबारको तुलनामा अाज निरन्तर भारी बर्षा हुने देखिएको छ । 

अहिले पूर्व र मध्य क्षेत्रमा मनसुनी न्युनचापीय रेखाको प्रभाव परिरहेको छ । यो प्रभाव विस्तार पश्चिम क्षेत्रतर्फ फैंलँदै गएको माैसमविद्हरूले बताएका छन् । 

अस्थायी न्यूनचापीय रेखाको प्रभाव केही दिन यथावत रहने महाशाखाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?