एसिया कप : रेग्मी र लामिछानेले भत्कार्इदिए युएर्इको ‘ब्याटिङ अर्डर’

काठमाडाैं : एसिया कप छनोटअन्तगर्त अहिले भर्इरहेको खेलमा नेपालका बलरद्वय बसन्त रेग्मी र सन्दीप लामिछानेले धुवाँदार ब्याटिङ गरिरहेको युएर्इलार्इ स्तब्ध बनार्इदिएका छन् । 

नेपाली बलरसामु क्रिजमा टिकेर अाक्रामक ब्याटिङ गरिरहेका रोहन मुस्ताफा १३.१ अोभरमा अाउट भएका छन् । उनलार्इ सन्दीप लामिछानेले पारस खड्काको क्याचमा पेभेलियन फर्काएका हुन् । 

यस्तै, बसन्त रेग्मीले अस्फाक अहमदलार्इ १२.१ अोभरमा लेग विफोर विकेट (एलबीडब्ल्यु) धरापमा फसार्इदिए । अहमदले ४१ बलमा ४५ रन जोडिसकेका थिए । 

१५ अोभरको खेल सकिँदा युएर्इले २ विकेटको क्षतिमा ८५ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?