अर्जेन्टिनाद्वारा ५०अर्ब डलर ऋण दिन आईएमएफलाई आग्रह

एजेन्सी : आर्थिक संकट बढदै गएपछि अर्जेन्टिनी सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)लाई अनपेक्षितरूपमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउन आग्रह गरेकोछ ।

राष्ट्रपति मउरिसियो म्याक्रीले अर्जेन्टिनी अर्थतन्त्रमाथिको विश्वास फर्काउन यो कदम चालिएको बताए ।

मुद्रास्फिति तीव्रभएपछि अर्जेनिटनी मुद्रा पेसो यो वर्ष अमेरिकीडलरको तुलनामा ४० प्रतिशत भन्दा बढीले अवमूल्यन हुन पुगेको छ ।

बुधबार आईएमएफले यसका लागि आवश्यक प्रवन्ध मिलाइरहेको जनायो ।

आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टिन लाग्रेडले एक विज्ञप्ति जारी भनेकी छिन् “अर्जेन्टिनाको नीतिगत प्रयासको लागि मेरो समर्थन छ र सरकारले नीतिगत योजनामा ल्याइरहेको परिवर्तनलाई हामी सहयोग गर्न तयार छौं ।”

अर्जेनिटनाको सरकारले यत्रो ठूलो ऋण फिर्ता गर्न नसक्नेमा लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

मेमा ऋणका शर्तहरूमा सहमत भएका बेला राष्ट्रपति म्याक्रीले अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरेका बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?