३१ आश्विन २०७८, आईतवार

बैतडीको दोगडाकेशर गाउँपालिकामा ‘फ्रि वार्इफार्इ’

२०७५,भाद्र,१४,बिहीवार ०१:४७


बैतडी :बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । 

हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उनले बताए । गाउँपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको बताइएको छ । 

उक्त गाउँपालिकाको कार्यालयमा गत वर्ष नै इ–हाजिरी, इन्टरनेट र सिसिटिभी जडान गरिएको छ । कार्यालयको सबै कामलाई पारदर्शी ढङ्गले अगाडि बढाउन आधुनिक प्रविधिको प्रयोगमा गाउँपालिकाले जोड दिएको छ । 

यस्तै उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, इ–हाजिरी, इ–पुस्तकालय र प्रोजेक्टरका साथै फ्रि इन्टरनेटका लागि निरन्तरता दिएको छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार ०१:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले सुदूरपश्चिमका कार्यालय आज

धनगढी । कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएका अन्दाजी २५

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रवार भिरबाट लडी

बाजुरा । बाजुरा कांग्रेस सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन् । रावल पार्टी सभापति शेरबहादुर देउवा पक्षिय सभापति उम्मेदवार कविराज

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०