सेञ्चुरी डिबेन्चर-२०८८ नेप्सेमा सूचीकरण

लोकपथ
13
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम बुधबारको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?