लाेकपथ टप फिप्टिन हेडलाइन्स : फुटकाे संघारमा जसपा, राजनीतिक दाउपेचले ठप्प छ सुदूरपश्चिम प्रदेशसभा

लोकपथ
0
Shares

१ आज ६४औँ संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइयो, मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार ।

२ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान ।

३ आम निर्वाचनलाई विद्युतीय मतदान यन्त्र उपब्लध गराउन सरकारसँग निर्वाचन आयोगको आग्रह, निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन सरकारसँग विद्युतीय मतदान यन्त्र माग गरिएको आयोगको भनाइ ।

४ अर्बौंको आर्थिक चलखेल गरेर सरकारले आयल निगमलाई व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप, समयमै कृषकलाई मल उपलब्ध नगराएको भन्दै आक्रोश व्यक्त ।

५ स्थानीय निर्वाचनपछी थप चिसिएको बाबुराम भट्टराई र उपेन्द्र यादवको सम्बन्धले जसपालाई फुटको संघारमा पुर्यायो, नेताद्वयबीच मध्यरातमा वान टु वान वार्ता, सहमतिमै अलग हुन राजी ।

६ नेपालको राष्ट्रिय सुरक्षामा बाहिरी हस्तक्षेप बढेको एमालेका नेता भीम रावलको भनाइ, नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बढावा दिनुपर्नेमा जोड ।

७ सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टि बीच विवाद बढ्दा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित ।

८ सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने, नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने ।

९ पर्सामा जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा, घटना शंकास्पद, मृतकको दिदी, आमा र ठूलीआमा पक्राउ ।

१० पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त, ३ लाख १६ हजार ४७७ जनाले लगाए कोरोनाविरुद्धको खोप ।

११ बिहीबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ७४.९३ अंकले बढ्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि, १९१ कम्पनीको सेयर मूल्य बढ्यो ।

१२ दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने, २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वन पाउने ।

१३ महामारी समाप्त भइनसकेको डब्ल्युएचओको भनाइ, विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो ।

१४ नेपालले महिला साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न साफ कंग्रेसमा औपचारिक प्रस्ताव गर्ने, साफको साधारणसभामा भाग लिन एन्फा महासचिव किरण राईसहित तीन सदस्यीय टोली बंगलादेश प्रस्थान ।

१५  शनिबार हुने पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा, खेलकुदका विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?