गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

लोकपथ
52
Shares

काठमाडौं । यस गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आइरहेको छ ।

यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा असार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?