१ भाद्र २०७९, बुधबार

नेपालमै पहिलोपटक फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ आयोजना हुने

२०७९,असार,१६,बिहीवार १९:०२

36
Shares

काठमाडौं । मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ आयोजना गर्ने भएको छ । आयोजकले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुला भएको जानकारी दिएको छ ।

आयोजक संस्थाका सिईओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवर्द्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताए । उनले फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिनसक्ने जानकारी दिए ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शिर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ’ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक

एजेन्सी । साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र

काठमाडौं । लामो अन्तरालपछि डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको रक मेलोडीको गीत ‘रिमझिम यादहरू’ सार्वजनिक गरिएको छ । आधुनिक, शास्त्रीय तथा गजल

ताजा समाचार