पश्चिम सेती २३ वर्षदेखि बन्धक

काठमाडाैं-चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिजिआईले पश्चिम सेती जलविद्युत परियोजनबाट हात झिकेको छ । अाजकाे नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।
७५० मेगावटको यो परियोजना साढे ६ वर्षअघि चिनियाँ कम्पनीले लिनुअघि अस्टेलियन कम्पनीले १७ वर्षसम्म आगटेको थियो ।

पश्चिम सेती निर्माण गर्न आयोजना विकास समझदारी भएको झन्डै साढे ६ बर्ष ७७ महिना पछि सिटिजिआईले आयोजनाबाट हात झिकेको उच्च सरकारी स्रोतले बताएको छ ।
व्यवसायिक रुपमा सम्भाव्य नदेखिएको भन्दै थ्री गर्जेजले आयोजना बनाउन नसक्ने जानकारी गराएको हो ।

हालसम्म दुईवटा विदेशी कम्पनीले पश्चिमी सेती आयोजनालार्य साढे २३ वर्ष बन्धक बनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?