१ कार्तिक २०७८, सोमवार

यसकारण भयो कारगेड दुर्घटना !

२०७५,भाद्र,१४,बिहीवार ००:५३


काठमाडौं – सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

'बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभवि नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।' नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।

उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्नेसमेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद रोकेको थियो ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१४,बिहीवार ००:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

वर्षाले कृषि बालीलाई राहत
 २०७८,कार्तिक,१,सोमवार १०:४७
बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८