२५ श्रावण २०७९, बुधबार

मध्यरातसम्म ५५ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची

२०७४,आश्विन,२९,आईतवार १६:१९

9
Shares

काठमाडौँ, २९ असोज – आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या मध्यरातसम्म ५५ पुगेको छ ।निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन् । ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचीको क्रम मिलाउन केही ढिलाइ भएको थियो ।प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ ।प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले बन्दसूची बुझाउँदा महिला उम्मेदवार ५० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ भने समानुपातिक र समावेशी सिद्धान्तलाई समेत आत्मसात गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १६:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम जारी, तेस्रो दिन नेकपा एमालेले आयोगमा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन् ।

काठमाडौं । गएराति काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएका सवारी साधनहरुमाथि तोडफोड भयो । नुवाकोटको बञ्चरेडाँडा स्थित स्यानिटरी ल्याण्डफिल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले आगामी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको

ताजा समाचार

पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?
 २०७९,श्रावण,२५,बुधबार ०७:४३
सङ्क्रमण बढेपछि विद्यालय बन्द
 २०७९,श्रावण,२५,बुधबार ०७:२३