२३ श्रावण २०७९, सोमवार

महोत्तरीमा स्थगित एमाले अधिवेशनको पुनः चर्चा, तयारीमा जुटे नेता कार्यकर्ता

२०७९,असार,१६,बिहीवार १६:५८

99
Shares

महोत्तरी । स्थानीय तह निर्वाचन सकिएसँगै महोत्तरीमा स्थगित नेकपा एमालेको अधिवेशनले चर्चा पाउन थालेको छ । पार्टीभित्र देखिएको विवादका कारण निर्धारित समयमा हुन नसकेको अधिवेशनले पुनः चर्चा पाउन थालेको हो ।

जिल्लामा रहेका केन्द्रीय सदस्यहरूबीचको आन्तरिक कलहका कारण अधिवेशनले पुर्णता पाउन नसकेको आरोप लागिरहेको बेला नेताहरू अधिवेशनमा लचिलो देखिएका छन् । ‘अहिले जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी काठमाडौंमा हुनुहुन्छ । उहाँ फर्केपछि प्रारम्भिक छलफल अगाडि बढ्छ,’ पोलिटब्यूरो सदस्य रामदयाल मण्डलले भने ।

पार्टीभित्र भएका अन्तर्घातको विषयमा समेत गम्भीर समीक्षा हुने मण्डलको भनाइ छ । अन्तर्घातको बिषयमा पराजित उम्मेदवारबाट थुप्रै गुनासो आएको उनी बताउँछन् । उनले भने, ‘हामीले यसलाई गम्भीर रुपमा लिएका छौँ ।’

यता, अधिवेशनकै विषयलाई लिएर नेताहरूको दुई कित्ता बनेको छ । महोत्तरीमा नेकपा एमालेमा केन्द्रीय सदस्य तीन जना र एक जना पोलिटब्युरो सदस्य छन् । पोलिटब्युरो सदस्य रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवी एकातिर छन् भने केन्द्रीय सदस्यद्वय टेकबहादुर बलाम्पाकी र सरोज यादव अर्कोतिर रहेको कार्यकर्ताहरूको बुझाइ छ ।

यसअघि पनि द्विपक्षीय आन्तरिक द्वन्द्वका कारण आन्तरिक कलह गहिरिँदा अधिवेशन पटकपटक स्थगित बनेको थियो । यसैको परिणामस्वरूप कतिपय पालिकामा त समान्तर कमिटी नै गठन भयो । रामदयाल मण्डल पक्षले यसको कारण केन्द्रीय सदस्य सरोज यादव पक्षलाई लगाउँदै आएको छ भने यादव पक्षले मण्डलपक्ष जबर्जस्ती अगाडी बढ्न खोजेको आरोप लगाउँदै आएको छ ।

पार्टीको सदस्यता नै नभएकालाई समेत जिल्ला तहमा लैजानु पर्ने सरोज यादवको अडानले भाडभैलो भएको मण्डल पक्षका एक नेताले बताए । तर, यादव पक्षले भने पार्टीको विधि र विधानअनुसार नै अगाडि बढ्नुपर्ने र आफुखुसी अगाडी बढे परिणाम प्रतिकुल बन्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा

ताजा समाचार