भारतीय अभियानकर्मी पक्राउ पर्दा वैद्यले निकाले यस्तो विज्ञप्ति

काठमाडौं– भारतीय सरकारले भारतका बरबर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे, सुशान अब्राहम, सुधा भारद्वाज, बेरन गोन्जाविल्सलगायतका मानवअधिकार तथा सामाजिक अभियानकर्मी, पत्रकार, वकिल एवम् प्रगतिशील बुद्धिजीवीहरुलाई अनेकौं झुठ्ठा आरोप लगाई पक्राउ गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीले विरोध गरेको छ ।
 निवासमा एकै समयमा छापा मारी गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखेर कठोर शारीरिक तथा मानसिक यातना दिइएको कुरा विभिन्न सञ्चारमाध्यममार्फत् प्रकाशमा आएको मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– यो आफूलाई लोकतन्त्रको मसिहा बताउने भारतीय प्रतिक्रियावादी सरकारको चरम निरंकुशताको अभिव्यक्ति हो । हाम्रो पार्टी भारत सरकारको यस प्रकारको बौद्धिक समुदायविरोधी तथा निरंकुश गतिविधिको दृढ विरोध एवम् भत्र्सना गर्दछ । र, गिरफ्तार गरिएका सबै बौद्धिक व्यक्तित्वको अविलम्ब रिहाईका लागि जोडदार माग गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?