इजिप्टमा २० जियादी मारिएको दावी

कायरो । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ । 

सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ । 

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् । 

यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झण्डै ३०० शङ्कास्पद जियादी र त्यस क्रममा करीब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?