पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल

लोकपथ
49
Shares
{“caption”:”u092au094bu0916u0930u093e u0938u094du0935u093eu0938u094du0925u094du092f u0935u093fu091cu094du091eu093eu0928 u092au094du0930u0924u093fu0937u094du0920u093eu0928u0905u0928u094du0924u0930u094du0917u0924u0915u094b u092au0936u094du091au093fu092eu093eu091eu094du091au0932 u0915u094du0937u0947u0924u094du0930u0940u092f u0905u0938u094du092au0924u093eu0932 u0964 u0924u0938u094du092cu093fu0930 : u0926u0940u092au0915 u092au0930u093fu092fu093eu0930/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उनकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

केन्द्रका शल्यचिकित्सक राकेशकुमार बर्मा, दिपेश श्रेष्ठ, रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट आरती राई, सोभित थापा, नेफ्रोलोजिष्ट कल्पनाकुमारी श्रेष्ठ र लुसन सिंह, रेडियोलोजिष्ट कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपणमा संलग्न थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?