चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुन्छ : मन्त्री कोइराला

लोकपथ
7
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसदको चालू अधिवेशनमै नागरिकता ऐन सम्बन्धि विधेयक पारित हुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)समेत सो विधेयक पारित गर्न सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले चालू अधिवेशन भित्रै पारित हुने बताएका हुन्।

६४औँ संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकता ऐन सम्बन्धि विधेयकमा धेरै विवादहरु रहेकाले त्यसलाई विवादरहित बनाउन सरकारले गृहकार्य गरिरहेको बताए ।

राज्य व्यवस्था समितिमा समेत सो विधेयकमा देखिएका विवाद निरुपण नभएको भन्दै मन्त्री कोइरालाले त्यसमा साझा बनाएर बनाएर अघि बढन सरकार लागि परेको बताए ।

मन्त्री कोइरालाले संसदलाई प्रभावकारी बनाउन सांसदहरुले योगदान दिन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । केही सांसदहरुलाई छोडेर भन्ने हो भने सांसदहरुको उपस्थितिनै नभई दिँदा संसदले गर्नुपर्ने कानुन निर्माणको काममा ढिलाई हुन गएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?