बिहीबार सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि

लोकपथ
286
Shares

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली फर्किएको छ । यस दिन सेयर बजारमा ३.८२ प्रतिशतले बढेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा उक्लिएको छ । त्यस्तै, ठूला र बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.६३ अंकले बढेर ३९१.७८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज २ अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहहरु मध्ये आज व्यापार समूहको सेयर मूल्य सर्वाधिक बढेको छ । यस उपसमूह ७.३१ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स समूहको ६.९८ प्रतिशत, विकास बैंक समूहको ६.१३ प्रतिशत, अन्य समूह ५.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५.१२ प्रतिशत, होटल एण्ड पर्यटन समूहको ४.८८ प्रतिशत, निर्जीवन बीमा समूहको ४.७८ प्रतिशत, माइक्रोफाइनान्स समूहको ४.८१ प्रतिशतले बढेको छ ।

लगानी समूहको ३.३९ प्रतिशत बढ्दा जीवन बीमा समूहको ३.०६ प्रतिशत, म्युचुअल फण्ड ३.३९ प्रतिशत र बैंकिङ समूह २.२ प्रतिशतले बढेको छ ।

आज जम्मा २ कम्पनीको १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

आज नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत, र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सुर्योदय लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, रिलायन्स फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।

आज बरुण हाइड्रोपावर र गुँरास लघुवित्तको सेयरमूल्यमा भने गिरावट आएको छ ।

यस दिन शिवम सिमेन्टको सर्वाधिक ९ करोड ९५ लाख रुपैयाँ बजारको सेयर किनबेच भएको छन् । त्यस्तै हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, अरुण कावेली, लाइफ इन्स्योरेन्स कर्पोरेसन पनि कारोबारमा अब्बल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?