बागमतीमा मुख्यमन्त्री फेर्ने कसरत सुरु

लोकपथ
35
Shares

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।

गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सर्तमा सरकारको नेतृत्वमा पुगेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
जसअनुसार कांग्रेस माओवादीका सांसदहरुले मुख्यमन्त्री परिवर्तनको तयारीस्वरुप हस्ताक्षर संकलन सुरु भएको एक नेताले बताए ।

मुख्यमन्त्री पाण्डेले पहिलेको सहमति कार्यान्वयन नगरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बाँनियालाई मुख्यमन्त्री बनाउने कसरतमा सांसदहरु लागेका हुन् ।

दुवै पार्टीले पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर आ(आफ्नो दलको कार्यालयमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?