राजविराजका सात पसललाई जरिवाना

लोकपथ
0
Shares

सप्तरी । खरिद बिल नदेखाउँने र अनुगमनमा असहयोग गर्ने सप्तरी राजविराजका सात पसललाई जरिवाना गरिएको छ । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेर कारबाही गरेको हो।

खरिद बिल नदेखाउने, अनुगमनमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरेएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिएका हुन् ।

उनका अनुसार मूल्यसूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई २० हजारका दरले र गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई पाँच हजारका दरले जरिवाना तोकिएको सूचना अधिकारी खत्बेको भनाइ छ।

अनुगमनमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिदबिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?