‘गीत गजल’ मा रुप र आरोही

काठमाडौं । ‘जोनी जेन्टलमेन’ निर्देशक नितिन चन्दले अर्को फिल्म ‘गीत गजल’ निर्देशन गर्ने भएका छन् । चन्दले ‘जोनी जेन्टलमेन’ मा पल शाह र आँचल शर्मालाई फिल्म निर्देशन गरेका थिए । 'गीत गजल' मा उनले नयाँ कलाकारसँग काम गर्ने भएका छन् । 

चलचित्र ठूलो बजेटको फिल्ममा निर्माण हुने भनिएको छ । मुख्य कलाकारमा रुप पोखरेल र आरोही सिंह रहने भएका छन् ।

यो फिल्म लभस्टोरी जानरामा निर्माण हुने खबर छ भने निर्मातामा आरोहरण क्षेत्री रहने छन् ।

अरु कलाकार अझै फाइनल गरिएको छैन । भदौको अन्तिम साताबाट छायांकनमा जाने भनिएको फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ भने कविराज गहतराजले कोरियोग्राफी गर्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?