मन्त्रीबाट हटेपछि रामकुमारी झाँक्री टिकटक लाइभमा व्यस्त !

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री सामाजिक सञ्जाल टिकटकमा देखिन थालेकी छिन् ।

असार १२ गते शहरी विकासमन्त्री बाट राजीनामा दिएसँगै नेतृ झाँक्री टिकटकमा देखिन थालेकी हुन् ।

मन्त्री हुनुअघि टिकटकमा धेरै व्यस्त भएको भन्दै उनको आलोचना र चर्चा हुने गरेको थियो । तर गत असोजमा मन्त्री भएसँगै उनी टिकटकमा देखिएकी थिइनन् ।

भर्खरै मन्त्रीबाट हटेसँगै झाँक्री टिकटक लाइभमा देखिएकी छिन् । उनले टिकटकका प्रयोगकर्ताहरुले राखेको जिज्ञासा दिँदै मज्जा लिएकी छिन् । एक प्रयोगकर्ताले एमालेमा फर्किएको हो भन्ने प्रश्नमा उनले समाजवादीमै रहेको जानकारी गराएकी छिन् । लगायत उनले आफूलाई रोज पठाउनेहरुलाई धन्यवाद समेत दिएकी छिन् ।

उनको नामबाट खोलिएका आइडीबाट विभिन्न समयमा विभिन्न परिस्थितीमा बनाएका टिकटकहरु हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?