को हुन् गुण्डा नाइके राजु गोर्खाली, जो राजपाबाट समानुपातिकमा परे ?

काठमाडौं, २९ असोज— गुण्डा नाइके राजु गोर्खाली आगामी प्रतिधिनि सभाको निर्वाचनमा समानुपातिकको बन्दसूचिमा परेका छन् । मधेसी दल राजपा नेपालले उनको नाम समानुपातिकको बन्द सूचिमा समावेश गरेर निर्वाचन आयोगमा पेश गरेको हो ।राजपा स्रोतका अनुसार उनको नाम २ नम्बरमा राखेर पेश गरिएको छ । एक नम्बरमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम राखिएको छ । पार्टीमा योगदान दिएका व्यक्तिलाई छाडेर विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई सिफारिश गरिएको भन्दै राजपाभित्र चर्चा सुरु भएको बताइएको छ ।सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौं मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएका गोर्खालीले उक्त भवनमा पसलहरु भाडामा लगाउने र भाडा उठाउने काम गर्दै आएको बताइन्छ ।सुन्धारा देखि चावहिलसम्म उनले आफ्नो गुण्डागर्दीको धन्दा फैलाएको प्रहरी बताउँछ । उनलाई गत जेठ २२ गते पक्राउ गरेर केहि पछि प्रहरीले छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?