बैंकहरुलाई सिडी रेसियो घटाउन दबाब

लोकपथ
104
Shares

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुलाई सिडी रेसियो अर्थात कर्जा निक्षेप अनुपात घटाउन दबाब परेको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु सहितका ६१ वटा संस्थाहरुलाई सिडी रेसियो घटाएर न्युनतम सिमासम्म कायम राख्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको सोही निर्देशन अनुसार चालू आर्थिक वर्षको असार मसान्त अर्थात आगामी हप्ताभित्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो सिडी रेसियोलाई ९० प्रतिशतमा कायम राखी सक्नुपर्ने छ ।

तर हाल कै अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरुको औसत सिडी रेसियो ९० दशमलव ३८ प्रतिशतभन्दा माथि रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको सिडी रेसियो ९० दशमलव ५२ प्रतिशत रहँदा विकास बैंकहरुको औसत सिडी रेसियो ९८९ दशमलव ३२ प्रतिशत रहेको छ । फाइनान्स कम्पनीहरुको सिडी रेसियो भे ८९ दशमव प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले पछिल्लो पटक अधावधिक गरेको तथ्यांकअनुसार भने बैंकिङ क्षेत्रको औसत सिडी रेयियो ८९ दशमलव १४ प्रतिशत रहेको छ । यस मध्येपनि विकास बैंक र फाइनान्स कम्पनीहरुको तुलनामा वाणिज्य बैंकहरुमा सिडी रेसियो बढी रहेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले यही असारको दोस्रो सातासम्ममा ४९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब सात अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सोही आधारमा यसअवधिमा सिडी रेसियो ८९ दशमलव १४ प्रतिशत कायम भएको छ । यदि यो सिडी रेसियो यही दरमा कायम राख्न सकेका भने चालु आवको असार मसान्तसम्ममा बैंकिङ क्षेत्रको सिडी रेसियो ९० प्रतिशतमा कायम रहन सक्छ, राष्ट्र बैंकले श्रोतले भनेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक अहिले वाणिज्य बैंकहरुले मात्र ४४ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस अवधिमा बिकास बैंक र र फाइनान्स कम्पनीहरुले भने पाँच खर्ब ८६ अर्ब रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब खर्च ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?